२०७८/७९ मा निक्षेपभन्दा १ खर्ब बढी कर्जा प्रवाह

काठमाडाैं | साउन ४, २०७९

२०७८/७९ मा निक्षेपभन्दा १ खर्ब बढी कर्जा प्रवाह

काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले निक्षेपको तुलनामा १ खर्ब रुपैयाँभन्दा धेरै कर्जा प्रवाह गरेका छन् । निक्षेप वृद्धि नभए पनि बैंकहरू कर्जा विस्तारमा आक्रामक बनेपछि उनीहरूले चर्को तरलता अभाव झेल्नुपरेको थियो ।

 

नेपाल बैंकर्स संघका अनुसार आर्थिक वर्ष (आव) २०७८/७९ मा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले कुल ३ खर्ब ४० अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गर्दा ४ खर्ब ५४ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । कोभिड–१९ महामारीका कारण लामो समयदेखि कर्जा विस्तार ठप्प भएकाले तरलताको अवस्था सहज भएपछि गत आवको शुरूदेखि नै बैंकहरू कर्जा प्रवाहमा आक्रामक देखिएका थिए । तर, बैंकहरूको कर्जा प्रवाहअनुसार निक्षेप वृद्धि नभएको संघले जानकारी दिएको छ ।

 

२०७८ असारमा वाणिज्य बैंकहरूको कुल निक्षेप ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७९ असारमा ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । गत आवमा निक्षेप संकलनमा सबैभन्दा अगाडि नबिल बैंक देखिएको छ । आवको अन्त्यमा नेपाल बंगलादेश बैंक प्राप्त गरेर एकीकृत कारोबार शुरू गरेको नबिलको निक्षेप गत आवमा १ खर्ब १ अर्ब ५६ करोड रुपैयाँले बढेको छ । नबिलले बंगलादेश बैंक प्राप्त गरेर असार २७ गते एकीकृत कारोबार शुरू गरेको थियो ।

 

मर्जरबाट भएको निक्षेप वृद्धिबाहेक निक्षेप बढाउनेमा नेपाल बैंक अग्रस्थानमा छ । यसको निक्षेप गत आवमा ३३ अर्ब ५६ करोडले बढेको छ । यसैगरी एनसीसीले ३० अर्ब ७१ करोड, सानिमाले २८ अर्ब र कुमारीले २५ अर्ब ७८ करोड रुपैयाँले निक्षेप वृद्धि गरेको छ ।

गत आवमा दुईओटा बैंकको मात्र निक्षेप घटेको छ । संघका अनुसार राष्ट्रिय वाणिज्य बैंकको ७ अर्ब ४६ करोड र एनआईसी एशियाको ५ अर्ब २७ करोड रुपैयाँ निक्षेप घटेको छ ।

 

वाणिज्य बैंकहरूले २०७८ असारसम्ममा ३७ खर्ब २० अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा २०७९ असारमा ४१ खर्ब ७४ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अर्को बैंक प्राप्त गरेका कारण कर्जा प्रवाह वृद्धि गर्ने बैंकहरूको अग्रस्थानमा पनि नबिल नै छ । बंगलादेश बैंक प्राप्तिका कारण नबिलको ऋण प्रवाह सबैभन्दा बढी १ खर्ब ३ अर्ब ४१ करोडले रुपैयाँले वृद्धि भएको छ । नबिलमा बंगलादेश बैंकबाट ७१ अर्ब रुपैयाँ ऋण प्रवाह वृद्धि भएको छ ।

 

यसपछि नेपाल बैंकले ३५ अर्ब ८७ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । यस्तै ग्लोबल आइएमई बैंकले २९ अर्ब ७१ करोड, राष्ट्रिय वाणिज्य बैंकले २८ अर्ब ८९ करोड, एनसीसी बैंकले २७ अर्ब २ करोडले ऋण विस्तार गरेको छ । सबैभन्दा कम ऋण नेपाल इन्भेष्टमेण्ट बैंकको ९७ करोड रुपैयाँले मात्र वृद्धि भएको बैंकर्स संघले बताएको छ ।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्